पार्टीभित्र भाडँभैलो मच्चाउनेलाई छूट हुने छैन : ओली

Posted by Anup Baral | March 16, 2020 :
नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेका नाममा कुनैपनि भेला नगर्न निर्देशन दिएका छन् । वरिष्ठनेता माधवकुमार नेपाल पक्षले भोली र पर्सी कार्यकर्ता राष्ट्रिय भेलाको तयारी अघि बढाइरहँदा अध्यक्ष ओलीले भने भेलामा उपस्थिति भए कारवाही गर्ने चेतावनी दिएका हुन्। बालुवाटार आयोजना आज गरिएको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले असन्तुष्ट पक्षले राखेको भेलालार्इ आफुले नजर राख्ने भन्दै नेता कार्यकर्तालार्इ सहभागी नहुन आव्हान गरे । वरिष्ठ नेता नेपाल र झलनाथ खनालाई इङ्गित गर्दै ओलीले एमालेमा बसेर मनपरी गर्ने अधिकार कसैलार्इ नभएको पनि बताए ।