अञ्जु पन्तले विवाहको पुरा भिडियो सार्वजनिक, क्रिश्चियन विधिबाट यसरी गरेकी रहिछन् विवाह

Posted by Anup Baral | March 01, 2020 :
केही दिन अघि चर्चित गायिका अञ्जु पन्तले क्रिश्चियन परम्परा अनुसार विवाह गरिन् । उनले आफ्नो एक वर्ष देखिको प्रेमलाई विवाहमा परिणत गरेकी हुन् । उनका प्रेमी थिर कोइरालासंग दोस्रो बिहे गरेकी छन् । थिरको पनि दोस्रो विवाह हो । अञ्जुले आफ्नो विवाहको भिडिओ सार्वजनिक गरेकी छन्। केही दिनअघि थिर कोइरालासँग पाटनको एक चर्चमा उनले क्रिश्चियन परम्पराबमोजिम विवाह गरेकी थिइन् । अञ्जुले आफ्नो अफिसियल युट्युबमार्फत त्यसको भिडिओ सार्वजनिक गरेकी हुन्। गायिका पन्तले इलाम घर भएका कोइरालासँग गत बुधबार दुवै पक्षका परिवारका सदस्य र नजिकका सीमित आफन्तबीच पाटनस्थित चर्चमा विवाह गरेकी हुन्। गायिका पन्तले गायक तथा संगीतकार मनोजराजसँग एक दसकअघि सम्बन्ध विच्छेद गरेकी थिइन्। उनीहरूकी एक छोरी छन्( परितोषिका पन्त। उनी पनि मोडलिङ क्षेत्रमै प्रवेश गरिसकेकी छन्। छोरीकै विशेष आग्रहमा गायिका पन्तले दोस्रो बिहे गरेको बताइएको छ। एक वर्ष अघिदेखि प्रेम सम्बन्धमा रहेका अञ्जु र थिरबीच पहिलो भेट करिब ६ वर्षअघि भएको थियो। जतिबेला थिर नेपाल टेलिभिजनमा सर्वाङ्गीण संवाद’ कार्यक्रम चलाउँथे। त्यही कार्यक्रममा अञ्जु अतिथि बनेर जाँदा दुई जनाबीच चिनजान भएको थियो।