MORNING NEWS HEADLINES_2077_11_05 - NEWS24 TV

Posted by Anup Baral | February 16, 2020 :
निष्पक्ष छानविन अघि बढाएको बताउँदै आएको छ । भागरथीको नियति निर्मला पन्तको जस्तै नहोस् भनेर चौतर्फी विरोध भइरहेको छ । हत्या अनुसन्धान साँघुरिएको प्रहरीले बताउँने गरेपनि स्थानीयले भने शंका कायमै राखेका छन् । तर, स्थानीयले घटना अनुसन्धानको सहयोग जारी राखेको प्रहरीले बताउँदै आएको छ । छिट्टै अपराधि कानुनको कठघरामा उभिने दाबी सरकारको पनि रहेको छ । घटना अनुसन्धानलाई तीव्रता दिएको प्रहरीले शंकाका घेरामा रहेकालाई अनुसन्धानको दायरामा ल्याइरहेको छ । अब जनविश्वास बढाउन पनि दोषी प्रहरीको नियन्त्रणमा ल्याउनुपर्ने प्रहरीको दायित्व बढेको छ । मर्निङ न्युजका हेडलाइन्स । ¬ १. भागरथीको बलात्कार तथा हत्याका अभियुक्त आज सार्वजनिक गरिने, पक्राउ पर्नेमा सहपाठी दिनेश भट्ट, पारिवारीक प्रतिशोधले बलात्कार गरेको आरोपीको बयान । २. पार्टीको आन्तरिक किचलोका कारण प्रतिनिधिसभा विघटन गरिए असंवैधानिक हुने एमीकस क्यूरीका सदस्यको राय, प्रधानमन्त्रीको अधिकारबारे इजलासले व्याख्या गर्नुपर्ने तर्क । ३. बैतडीमा नेपाली कांग्रेसको विरोधसभामा नेपाल कम्युनिस्ट पार्टी ओली समूहका कार्यकर्ताको आक्रमण, नेता एनपी साउद सहित ६ जना घाइते । ४. विश्व स्वास्थ्य संगठनले थप दुई खोपलाई दियो अनुमति, नेपालमा प्रयोग भएको कोविशिल्डले पनि पायो डब्लूएचओको मान्यता । ५.र, अमेरिकाका मध्य तथा दक्षिणी राज्यमा आएको हिमआँधीमा परि २३ जनाको मृत्यु, टेक्सासमा आपतकाल घोषणा । SUBSCRIBE :http://www.youtube.com/user/news24tvc...​ #News24Nepal​ #SidhaKuraJantaSanga​ #PowerNews