ओली निकट युवा संघमा साइबर सेना निर्माणको तयारी

Posted by Anup Baral | February 27, 2020 :
प्रधानमन्त्री केपी शर्मा ओली र उनको सरकारको बचाउका लागि भातृ संगठनहरू साइबर सेना परिचालन गर्ने धम्की दिइरहेका छन् । सामाजिक सञ्जालमार्फत् उनीहरूले आलोचनाका स्वर दबाउने, विरोधीमाथि आक्रमण गर्ने र अभिव्यक्ति स्वतन्त्रतालाई निस्तेज पार्ने कोसिस गरेको देखिन्छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको आलोचना गर्नेमाथि अरिंगालजसरी जाइलाग्न कार्यकर्तालाई आग्रह गरेको धेरै भएको छैन । नभन्दै उनको समूहका भातृ संगठनहरू घोषित रूपमै इन्टरनेट र सामाजिक सञ्जालमार्फत् विरोधीमाथि खनिनका निम्ति साइबर सेनाका नाममा परिचालित भइरहेका छन् । उनीहरूकै भनाइमा, सत्तारुढ पार्टीको युवा संघको विभागीय संरचनाको रुपमा साइबर सेना रहनेछ । यसको परिचालन पार्टीकै केन्द्र र युवा संघका अध्यक्षले खटाएको इन्चार्जबाट सञ्चालित हुनेछ। सामाजिक सञ्जालमा कसैले विरोधी भावका अभिव्यक्ति दिए साइबर सेनाले सामाजिक सञ्जालमै प्रतिवाद गर्ने योजना छ । Family Comedy Soap, Ati Bho is a weekly series that spreads awareness with the perfect blend of humour and sarcasm. It tries to highlight the never-ending social issues of Nepal and shows its viewers how they can be solved. Riyasha, Khabapu, Chandra, Suraj and Tilak are the main characters of the show, who have co- acted in the series to spread good messages. This Media Hub Pvt. Ltd. production airs every Saturday on NTV Plus at 9:00 pm and on Media Hub’s YouTube channel at 9:30 pm as well.