नेपाल–भारत सीमापार रेलमार्ग परियोजनाको समिक्षा - NEWS24 TV

Posted by Anup Baral | November 20, 2020 :
रेलमार्ग सहकार्य सम्बन्धी नेपाल भारत संयुक्त कार्यदलको चौथो बैठकमा सीमापार रेलमार्ग परियोजनाको समीक्षा भएको छ । बैठकमा जयनगर बिजलापुर बर्दिवास र जोगबनी विराटनगरको बीचमा अघि बढिरहेको रेलमार्ग परियोजनाका विषयमा पनि छलफल भएको थियो । त्यस्तै यात्रुबहाक रेल सञ्चालनका लागि भारतको जयनगरदेखि नेपालको कुर्थासम्मको ३४ किलोमिटर रेलमार्गको प्राविधिक तयारीबारे कुराकानी भएको थियो । भिडियो कन्फरेन्समार्फत भएको बैठकमा भारत सरकारको तर्फबाट रेल मन्त्रालय ट्राफिक यातायात विभागका कार्यकारी निर्देश डा मनोज सिंहले भारतीय टोलीको नेतृत्व गरेका थिए । भारतीय टोलीमा भारतीय रेल विभाग, विदेश मन्त्रालय, काठमाडौँस्थित भारतीय दूतावास, कोंकण रेलवे तथा आईसीओएनका वरिष्ठ अधिकारीहरुको सहभागिता थियो । नेपालका तर्फबाट रेल विभागका महानिर्देशक, नेपाल रेल्वे कम्पनीका महाप्रवबन्धकलगायत गृहमन्त्रालय र परराष्ट्र मन्त्रालयका अधिकारीहरुको सहभागिगता थियो ।