Prime Minister's statement that no Nepali should die of starvation

Posted by Anup Baral | September 08, 2020 :
कोरोना नियन्त्रणका नाममा मानिसहरुलाई घरभित्र थुनेर राख्नु भन्दा अर्को विकल्प नदेखेको सरकारले भोकले छट्पटिन थालेका नेपालीहरुलाई भने देख्न छोडेको छ । खान नपाएर कोही पनि नेपालीले मर्नु पर्ने छैन भन्ने प्रधानमन्त्रीले बारम्बार व्यक्त गर्ने अभिव्यक्तिलाई काठमाडौंको खुलामञ्चमा दाता र मनोकारी संघसंस्थाले जिस्काई रहेको भान हुन्छ । लकडाउन र निषेधाज्ञा नामका कोरोनाविरुद्धको सरकारी ओखतिले भोकले निचोरिएका गरीबहरुलाई थप निरीह बनाउँदै लगेपनि उनीहरुको पेटमा दन्कन थालेको आगो कसरी निभाउने भन्ने कुनै दयालु कार्यक्रमसमेत सरकारले दिन सकेको छैन् ।