
सन २०१४ मा राष्ट्रकवि माधवप्रसाद घिमिरेसँग पहिलोपटक भेट भयो। प्राध्यापक डा. सनत कुमार वस्ती र डा. काँशीनाथ न्यौपानेका साथ। यी कविता सुनाइसकेपछि हिँड्नेबेलामा राष्ट्रकविले हात समातेर भन्नुभयो, “यदि तपाइँ कवितामा आउनुभएन भने तपाइँलाइ कविताको पाप लाग्नेछ।” त्यसदिनपछि मलाइ मभित्रको कविमा बिस्वास पलायो।