Different views between the central and local levels on the issue of running schools

Posted by Anup Baral | September 29, 2020 :
विद्यालय तहको पठनपाठन सञ्चालनको विषयलाई लिएर केन्द्र र स्थानीय तहबीचका फरकफरक धारणाले झन् अन्योल बढेको छ । एकातिर सरकारले शैक्षिक संस्था सञ्चालनमा लगाएको रोक हटाएको छैन भने अर्कातिर हिमाली जिल्लामा शैक्षिक सत्र नै सकिन लागिसकेको छ । वैकल्पिक सिकाइमा विद्यार्थीको पहुँच नभएकाले खुलेका विद्यालयलाई पनि स्थानीय प्रशासनले धमाधम बन्द गराइरहेको छ । शिक्षामन्त्रीले समेत संक्रमणको जोखिम कायमै रहेकाले विद्यालय नखोल्न भनेका छन् ।