CPN (Maoist) Vice-Chairman Gautam

Posted by Anup Baral | September 02, 2020 :
सत्तारुढ दल नेकपाका उपाध्यक्ष वामदेव गौतम नेपाली राजनीतिका अस्थिर पात्रको रुपमा चित्रित छन् । पछिल्लो संसदीय निर्वाचन हारेका गौतमले नेकपाको विवाद उत्कर्षका पुगेका बेला ६ बुँदे प्रस्ताव अघि सारेर दुवै अध्यक्षसामु आफ्नो शक्ति प्रदर्शन गरेका थिए । तर अहिले निरीहजस्तै बनेर राष्ट्रियसभामा जान पाउनुपर्ने दलील गरिरहेका छन् । गौतमको यो दावी यसअघिको आफ्नै अडान र जनादेशको समेत विपरीत छ ।