Infection of Lumpi skin disease in 1500 cows of Nepal

Posted by Anup Baral | August 06 , 2020 :
गाईभैंसीलाई लाग्ने लम्पी स्किन रोग नेपालमा पनि देखिएको पशुसेवा विभागले पुष्टि गरेको छ । काठमाडौंमा आज आयोजित पत्रकार सम्मेलनमा विभागले लामखु्ट्टेबाट सर्ने यो रोग नेपालमा तीव्र गतिमा फैलिएको बताएको छ । यो रोग लागेपछि गाईको घाँटी, पुच्छर वरिपरिको भाग, पेट, थुनलगायत शरीरका विभिन्न भागमा साना ठूला गिर्खाहरु देखिने, १ सय ५ डिग्रीभन्दा माथि ज्वरो आउने तथा खुट्टा सुन्निने र दूध दिन छाड्ने खालका लक्षण देखिने विभागले जनाएको छ ।