Head and leg amputated body found in Gongbum, under investigation

Posted by Anup Baral | August 09 , 2020 :
मुलुकको शान्ति सुरक्षामाथि नै प्रश्न उठ्ने गरि पछिल्लो समय उपत्यकामा अपराधका घटना बढीरहेका छन् । त्यसको अर्को एक उदाहरण हो – गोंगबुमा भेटिएको काटिएको शव । गोंगबु चोकबाट उत्तरपश्चिमतर्फको गणेश मन्दिर छिर्नेबाटोमा आइतबार प्रहरीले टाउको र खुट्टा काटिएको शरीर सहितको सुटकेश फेला पा¥यो । प्रारम्भिक रुपमा अन्तै हत्या गरेर शव गोंगबुमा ल्याएर फालिएको खुल्न आएको छ भने प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । तर, यसले उपत्यकामा सुरक्षा चुनौती बढाएको छ । गोंगबु चोकबाट गणेश मन्दिर छिर्ने बाटोमा नवज्योति मार्ग छ । आइतबार बिहान सोही मार्गमा हिँड्ने एक जनाले रगतले लतपतिएको सुटकेश फेला पारे । पार्किङ गरेर राखिएको ट्याक्सी र मारुती भ्यानको बीचमा भेटिएको सुटकेश रगतले लतपतिएको थियो भने बाहिरबाट रातो प्लास्टिकले बेरिएको थियो । शव भेटिएको सुूचना पाएसँगै प्रहरी घटनास्थल पुगेर वरपरको स्थान सिल ग¥यो भने काटिएको शवको टाउको र खुट्टा खोज्न तिर लाग्यो । शव सुटकेशमा फाल्ने ले वरपर नै बाँकी अंग पनि फालेको हुन सक्ने भन्दै प्रहरीले त्यसका लागि तालिम प्राप्त कुकुर प्रयोग ग¥यो । यो प्रहरीको तालिम प्राप्त कुकुर ‘जोजो’ । बेलारुसबाट मगाइएको उक्त ट्याकर कुकुरले सोही स्थानको केही मिटर पर अर्को झोला फेला पा¥यो । जसमा काटिएको टाउको र खुट्टा थियो । दुवै स्थामा भेटिएको शवको टुक्रापछि प्रहरीको फोरेन्सिक टिमले घटना १२ घण्टाको अवधिमा भएको हुनसक्ने निष्र्कष निकालेको छ । तर, प्रहरीलाई तत्कालै हत्याको बारेमा पोख्त प्रमाण भन्ने मिल्ने सम्भावना कम देखिन्छ । स्थानीयले दिएको जानकारी अनुसार उक्त स्थानमा राति केही हल्ला भएको र दुई अपरिचित व्यक्ति देखिएको थियो । तर, सो स्थानमा सर्भेलियन्स क्यामेरा अर्थात् सिसिटीभी नहुँदा अनुसन्धान कुन सिराबाट सुरु गर्ने भन्ने प्रहरी अलमलमा परेको छ । यद्यपी, हत्या भएका व्यक्तिको शवबाटै अघि बढ्ने प्रहरीले तयारी गरेको छ । तर, हत्या भएका अन्दाजी ४५ वर्षीय व्यक्ति केही दिनदेखि सम्पर्कविहीन भएको खुल्न आएको छ । उनको टाउकोमा भने कुनै पनि चोटको निशान देखिएको छैन । अनुसन्धानमा संलग्न प्रहरीका अनुसार पछिल्ला केही दिनमा बेपत्ता भएका व्यक्तिहरुको सूची प्रहरलिे निकालेको छ भने कोही हराएको भए खबर गर्न पनि अनुरोध गरिएको छ । अपराधमा संलग्न व्यक्तिले अन्त्यै हत्या गरेर फ्यालेको र व्यवसायिक अपराधीको संलग्नता हुनसक्ने प्रारम्कि अनुमान प्रहरीको छ । किनभने काटिएको शवको प्रकृति हेर्दा हत्यामा हतियार चलाउन जानेकोबाटै भएको देखिन्छ ।