Gold traded at Rs 94,000 per ounce

Posted by Anup Baral | July 22 , 2020 :
नेपाली बजारमा सुन मुल्यले रकेर्ड तोडेको छ । सुनको मुल्य तोलामा १३ सय रुपैयाँले बढेर हालसम्मकै नयाँ विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आजका लागि सुनको मुल्य प्रतितोला ९४ हजार पुगेको छ, जुन हालसम्म कै उच्च हो । यस अघि सुनको उच्च विन्दु प्रतितोला ९२ हजार ७०० रुपैयाँ रहेको थियो । यस्तै, आजका लागि तेजावी सुनको मुल्य रु. ९३ हजार ५६० तोकिएको छ । आज चाँदीको मुल्य पनि उलेख्य मात्रामा बढेको छ । हिजो चाँदीको मुल्य प्रतितोला १ हजार ४० रहेको थियो । तर, आज प्रतितोला ११ सय ३५ रुपैयाँ पुगेको महासंघको भनाइ छ । चाँदीको मुल्य पनि हालसम्म कै महंगो हो । नेपाली बजारमा सुनको मुल्य यति हुदाँ अन्तरराष्ट्रिय बजारमा सुनको मुल्य प्रतिऔंश १८ सय ५६ डलर पुगेको छ ।