Where did the 10 billion spent on corona control?

Posted by Anup Baral | June 11 , 2020 :
लकडाउनपछिका साढे २ महिनामा कोरोना नियन्त्रण र रोकथामका नाममा १० अर्व खर्च भएको स्वास्थ्यमन्त्रीले सदनमा जानकारी गराएपछि एकाएक जनतामा आश्चर्य छाएको छ । तर कोरोना नियन्त्रणमा सरकारले चालेका कदमहरु फितलो देखिएको छ । सरकारले कोरोना नियन्त्रणमा चालेका कदम पारदर्शिता नभएको मा आक्रोश पनि बढ्दो छ । युवाहरु लगातार सरकारलाई दवाव दिन सडकमा आइरहेका छन् । संक्रमण फैलने क्रम तिब्र छ तर यहिबिचमा लकडाउन खुकुलो पारेको छ, अर्थतन्त्र धराशायि भएको भन्ने चौतर्फि दवावपछि लकडाउन त खुकुलो भयो तर के सरिकारी तयारी मजबुत छ समभावित महामारी रोक्नका लागि । अनि कतै कोरोनाका नाममा मुलुक भ्रष्टाचार र बेथितिको अर्को चक्रमा त फस्दै छैन ?