Lockdown costs Rs 132 billion more than revenue in two and a half months

Posted by Anup Baral | June 06 , 2020 :
लकडाउन लम्ब्याइएको असर निजी क्षेत्रले मात्र नोक्सानी व्यहोरिरहेको छैन, सरकारलाई पनि क्षति पुगेको छ । लकडाउनको अढाइ महिनामा सरकारले आम्दानीभन्दा १ खर्ब ३२ अर्ब बढी खर्च गर्नुपरेको छ । राजस्व खाता ५ अर्ब २७ करोड मात्र बचतमा रहेकाले तलब लगायत साधारण खर्च धान्न नसक्ने स्थिति आएपछि सरकारले कर बुझाउन दबाब दिन थालेको छ । लकडाउनको असर राजस्व संकलनमा परेको छ । चैत ११ देखि जेठ २२ सम्म सरकारले जम्मा ६२ अर्ब ९८ करोड रुपैयाा राजस्व संकलन गरेको छ । राजस्व निकै खुम्चिए पनि खर्च भने घटेको छैन । बरु बढेको छ । लकडाउनको अवधिमा सरकारी ढुकुटीको १ खर्ब ९५ अर्ब ९८ करोड रुपैयाा खर्च भएको छ । यो खर्च राजस्व संकलनको तुलनामा २ सय १० प्रतिशत बढी हो । यसको चाप राजस्व खातामा परेको छ । लकडाउनको अघिल्लो दिनसम्म १ खर्बभन्दा बढी बचतमा रहेको राजस्व खाता अहिले जम्मा ५ अर्ब २७ करोड बचतमा छ । लकडाउन लम्बिएकाले अहिलेसम्म ५६ प्रतिशत मात्र राजस्व संकलन भएको छ ।