मनसुन सुरु भएसँगै पहिरो खसेर नारायणगढ-मुग्लिन सडक अवरुद्ध

Posted by Anup Baral | June 19 , 2020 :
सबैभन्दा बढी पहिरो जाने क्षेत्रको रुपमा चिनिने नारायणगढ-मुग्लिन सडकखण्डको चार किलोमा सडकको स्तरोन्नति कार्य सुरु भएसंगै लगातार पहिरो खस्न थालेको छ । विगतझैं यसपालि पनि मनसुन सुरु भएसँगै पहिरो खसेर सडक अवरुद्ध हुनथालेको छ । इच्छाकामना गाउँपालिका ६ मा पर्ने नारायणगढ- मुग्लिन सडकखण्डको चार किलो क्षेत्रमा सडक स्तरोन्नति कार्य सुरु हुनासाथ पहिरो जानेगरेको छ । अझ, मनसुनमा बढी पहिरोको चपेटामा पर्ने यो खण्डमा पछिल्ला दुइ दिन सडक अवरुद्ध भयो । नारायणगढ-मुग्लिन ३६ किलोमिटर खण्डको ९ स्थान पहिरोको जोखिमयुक्त रहेको र मनसुन सुरुभएसँगै सडक अवरुद्ध हुँदा आवतजावत गर्नेले सास्ती व्यहोर्नुपरेको छ ।