सत्तारुढ र प्रतिपक्षी दलबीच कुरा नमिल्दा नागरिक विधेयकमाथिको बहस लम्बियो

Posted by Anup Baral | June 19 , 2020 :
पाली नागरिकसँग विवाह गर्ने विदेशी महिलाले कति समयपछि अंगीकृत नागरिकता पाउने भन्ने विषयले लामो समयदेखि बहसमा छ । प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिले नेपालमा विवाह गरी आएका विदेशी महिलालाई ७ वर्षपछि अंंगीकृत नागरिकता दिने प्रस्ताव गरेको छ । तर समितिको यो प्रस्तावले सहमति जुटेको छैन । यो विषयलाई टुंग्याउन राजनीतिक सहमति जुटाउने प्रयास सुरु भएको छ