मृत्यु भएको लामो समयपछि खाडी मुलुकबाट आइपुगे २४ शव

Posted by Anup Baral | June 19 , 2020 :
वैदेशिक रोजगारी सबैका लागि सुखद छैन । नेपालमा रोजगारी नहुँदा हजारौं युवा विदेशी भूमिमा पसिना बगाइरहेका छन् । केहीको जीवनयापन समयानुसार सुधारिन्छ । तर, केहीको खुसी परदेशी भूमिमा उजाडिन्छ । र, उनीहरु काठको बाकसमा फर्कन्छन् । शुक्रबार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा यस्तै लाखौं करोडौं उजाडिएको सपनासहित २४ शव काठको बाकसमा नेपाल आइपुगे ।