विदेशमा अलपत्र परेकालाई स्वदेश ल्याउने प्रक्रियामा अझै अलमल

Posted by Anup Baral | June 08 , 2020 :
विभिन्न देशमा अलपत्र परेकाहरुलाई ल्याउन सरकारले निर्णय गरिसकेको छ । विशेष गरी खाडी मुलुकहरुमा आममाफी पाएका, कम्पनीसँगको करार र भिसा अवधि सकिएका, रोजगारी गुमाएका लगायत अप्ठेरोमा परेकालाइ पहिलो प्राथमिकत सूचीमा राखेर ल्याउने योजना छ । त्यही योजनाअनुसार शुक्रबार म्यानमार र संयुक्त अरब इमिरेटसबाट १ सय ९४ जना आइसकेका छन् । तर सरकारले तयार पारको कोरोना परीक्षणको प्रमाणपत्रदेखि ल्याउने व्यक्तिहरुको पहिचानमै समस्या देखिएको छ ।